रुसद्वारा तीन देशका कूटनीतिज्ञलाई देश निकाला

२०७७ माघ २४ गते, शनिबार


काठमाडौँ । रूसले तीन देशका कूटनीतिज्ञहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको प्रदर्शनमा भाग लिएको भन्दै राष्ट्रपति भ्यादिमिर पुटिनले जर्मनी, स्वीडेन र पोल्याण्डका कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेका हुन् । जनवरी २३ मा भएको अवैध प्रदर्शनमा सहभागी भएकाले तीन कूटनीतिज्ञलाई निष्काशित गरिएको रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । जर्मनी, स्वीडेन र पोल्याण्डले रुसी निर्णयको विरोध गरेका छन् । स्वीडेनको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञले कुनै पनि प्रदर्शनमा भाग नलिएको दाबी गरेको छ । अन्य मुलुकले कुनै प्रतिक्रिया दिएका छैनन् ।
बेलायत, फ्रान्स र युरोपेली युनियनले पनि सो घटनाको विरोध गरेका छन् । नाभाल्नी जर्मनीमा लामो उपचारपछि उनी गत महिना रुस फर्किएका हुन् । उनलाई तीन वर्ष कैद सजाय सुनाइएको छ । नाभाल्नीविरुद्ध सरकारले चालेको कदमलाई लिएर रुसमा प्रदर्शन समेत हुँदै आएको छ । प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु