अमेरिकामा करिब १ सय गाडी ठोक्किए : ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्सासमा करिब १ सय गाडी ठोक्किएर भएको सडक दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब एक सय गाडी एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । दुर्घटनमा कयौं घाइते भएका छन । दर्जनौं मानिस सवारीभित्रै थुनिएको अवस्थामा उद्धार गरिएको छ । दुर्घटनामा कम्तिमा ३६ जना गम्भीर घाइतेको अस्पताल उपचार जारी छ । ६५ जना भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । हिँउ परेर बाटो चिप्लो भएको सडकमा गाडीहरु ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्नेमा अठार चक्के गाडी कार धेरै रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । -एजेन्सी