अमेरिकी सिनेटद्वारा १९ खर्ब डलर बराबरको कोरोना राहत प्याकेज पारित

काठमाडौँं । अमेरिकी माथिल्लो सदन सिनेटले १९ खर्ब अमेरिकी डलर बराबरको कोरोना राहत प्याकेज पारित गरेको छ । कोरोना भाइरसको महामारीका कारण जीविकामै समस्या भोगिरहेका अमेरिकीका लागि सहयोग गर्ने उद्देश्यसहित राष्ट्रपति जो बाइडेनले ल्याएको राहत प्याकेज सदनले पास गरेको हो ।
सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि बाइडेनको राहत योजना पारित भएको हो । बाइडेनकै पार्टीको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले मंगलबार विधेयक पारित गर्ने सम्भावना छ । विधयेक पारित भएपछि बाइडेनले चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी नागरिकलाई सहयोग गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन् । – एजेन्सी