स्वीट्जरल्यान्डमा अनुहार ढाक्ने पोशाकमा प्रतिबन्ध

२०७७ फाल्गुन २४ गते, सोमबार


काठमाडौं । स्वीट्जरल्याण्डमा सार्वजनिक स्थानमा अनुहार छोप्ने लुगा लगाउन नपाउने व्यवस्था पारित भएको छ । आइतबार भएको जनमत संग्रहमा मुस्लिम महिलाले लगाउने बुर्का वा निकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक स्थान प्रतिबन्ध गर्ने पक्षमा सामान्य बहुमत आएको हो । बुर्कासहितमा कपडामा प्रतिबन्ध लगाउने पक्षमा ५१ दशमलब २ र विपक्षमा ४८ दशमलब ८ प्रतिशत मत खसेको छ । स्वीड पिपुल्स पार्टीले अतिवादलाई बढुवा दिने भन्दै अनुहार छोप्ने लुगामा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको थियो ।
स्वीट्जरल्याण्डको प्रमुख इस्लामिक समूहले मुसलमानहरुका लागि जनमतसंग्रह कालो दिनका रुपमा रहने प्रतिक्रिया दिएका छन् । सेन्ट्रल काउन्सिल अफ मुस्लिमले परिणाम विरुद्ध अदालतमा चुनौती दिने बताएको छ ।
स्वीस सरकारले महिलाले के लगाउनु हुन्छ वा हुँदैन भन्ने अधिकार राज्यसँग नरहेको बताउँदै आएको थियो । तर जनमत संग्रहमा बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा झिनो बहुमत प्राप्त भएको हो ।
स्वीट्जरल्याण्डको कुल जनसंख्याको झण्डै पाँच प्रतिशत मात्रै मुस्लिम छन् । स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केहीले मात्र त्यस्तो पोशाक लगाउने गरेको बताइन्छ । उनीहरु टर्की, बोसनिया र कोसोभोबाट त्यहा पुगेका हुन् । फ्रान्सले सन् २०११ मा मुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो भने नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रिया र बुल्गेरियाले पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार