ह्यारीद्वारा रंगभेदका कारण श्रीमती मेगनसहित बेलायत छाडेको खुलाशा

२०७७ फाल्गुन २६ गते, बुधबार


काठमाडौँ । बेलायती राजकुमार ह्यारीले ट्याबलोइड सञ्चारमाध्यमबाट प्रस्तुत रंगभेदका कारण आफुले श्रीमती मेगनसहित बेलायत छाडेको बताएका छन । अमेरिकी टेलिभिजन सिबिएसका लागि ओप्रा विनफ्रीसँगको अन्तर्वार्तामा उनले सञ्चारमाध्यम दुराग्रही रहेको कारण समस्या भएको बताएका हुन । सञ्चारमाध्यमहरुले ‘नियन्त्रण र डर’ को विषाक्त वातावारण सिर्जना गरेको उनको भनाइ छ । आफ्ना पिताले समेत सञ्चारमाध्यमसँग शान्तिपूर्ण सम्बन्ध कायम गर्नु पर्ने सोच्ने गरेको ह्यारीले उल्लेख गरेका छन । त्यस्तै यसैगरी उनकी पत्नी मेगनले असत्य समाचार प्रकाशित हुँदा पनि राजपरिवार आफू र ह्यारीको सुरक्षामा उत्रिनबाट चुकेको बताएकी छन । ह्यारीले आफ्नो छोरा आर्चीको जन्मपूर्व नै उसको छालाको रंग कस्तो हुन्छ भन्ने विषयमा चासो व्यक्त गर्नेमा महारानी र दरवार नभएको उल्लेख गरेको टेलिभिजनकर्मी ओप्राले बताएकी छिन । उनीहरु को हुन भन्ने भने उनले खुलाएका छैनन । उनकी पत्नी मेगनले बेलायती राजपरिवारमाथि ‘रंगभेद’ को आरोप लगाएकी थिइन् ।
यसैबीच , बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले बेलायती राजपरिवारका सदस्यमाथि लगाएको रंगभेदको आरोपलाई गम्भीर रुपमा लिएको दरबारले जनाएको छ । महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ । शीर्ष राजपरिवारका सदस्यहरुको क्राइसिस मिटिङ्गपछि वक्तव्य जारी भएको हो । मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन् । ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन् । दरबारले मेगन र ह्यारी सधैँ ’परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अमेरिकामा आँधी : २५ जनाको मृत्यु

२०८२ जेष्ठ ५ गते, आईतवार

ट्रम्पलाई सर्वोच्च अदालतको अंकुश

२०८२ जेष्ठ ४ गते, शनिबार

रुस र युक्रेनबीच वार्ता हुँदै

२०८२ जेष्ठ २ गते, बिहीबार