अमेरिकामा अश्वेत युवाको हत्या : दुई शहरमा रात्रिकालीन कर्फ्यू

२०७७ चैत्र ३१ गते, मंगलवार


काठमाडौँ । युवा हत्याको विषयलाई लिएर तनाव बढेपछि अमेरिकाका दुई वटा सहरमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रहरीको गोलीले एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका मिनियापलिस र सेन्ट पलमा रातभर कर्फ्यू आदेश जारी गरिएको हो ।
२० वर्षीय डन्टे राइटलाई ट्राफिक नियम उल्लघंन गरेको आरोपमा मिनसोटाको ब्रूक्लीन सेन्टरमा गोली हानिएको थियो । प्रहरीले उक्त घटनालाई दुर्घटना भने पनि सर्वसाधारणले त्यसलाई अस्वीकार गर्दै प्रदर्शन चर्काएका छन् । प्रहरी अधिकारीका अनुसार ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोजिएको थियो ।
प्रहरीले हतकडी लगाउन खोजे पनि उनी आफ्नो कारमा चढेर जाने प्रयास गरेका थिए । त्यसपछि पक्राउका लागि प्रहरीले उनलाई टेजर प्रहार गर्न भनेको थियो । तर महिला प्रहरी अधिकारीले भुलबस गोली प्रहार गरेको बताएकी छिन् । गोली लागेका राइट गाडी लिएर अघि बढेका थिए । केही पर पुगेपछि राइटको गाडी दुर्घटनामा परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु