मस्जिदमा प्रहरी आक्रमण : १ सय ७० घाइते

२०७८ बैशाख २५ गते, शनिबार


काठमाडौँ । इजरायलको जेरुसलममा रहेको अल अस्का मस्जिदमा प्रहरीको कारबाहीमा १ सय ७० भन्दा बढी प्यालेस्टाइनी नागरिक घाइते भएका छन् । प्यालेस्टाइन र इजरायलबीच भूमि स्वामित्वको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । अहिले जेरुसलममा फेरि दुई देशबीचको विवाद सार्वजनिक भएको हो । इजरायली प्रहरीले मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनीहरूलाई निकाल्ने प्रयास गर्दा मुठभेड भएको बीबीसीले जनाएको छ ।
रमजानको अन्तिम शुक्रबार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरू पुगेर प्रार्थना गरेका थिए । साथै, इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई हटाएकोमा विरोध समेत गरेका थिए । केही समयदेखि इजरायली सुरक्षाकर्मीले प्यालेस्टाइनी नागरिकमाथि दमन गर्दै आएको मानवअधिकारवादी संस्थाहरूले उल्लेख गरेका छन् । घटनामा संलग्न भएको आशंकामा सयौं प्यालेस्टाइनीलाई पक्राउ समेत गरिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु