अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : एक नेपालीसहित ३ जनाको मृत्यु

२०७८ बैशाख २६ गते, आईतवार


काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो । घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक र घाइते विद्यार्थी नेपालको संखुवासभा जिल्ला निवासी भएको बताइएको छ । यद्यपी उनीहरुको परिचय खुलेको छैन् ।
६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बुझिएको छ । मृतक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी पनि मारिएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु