अमेरिकामा १२-१५ वर्षका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

२०७८ बैशाख २८ गते, मंगलवार


काठमाडौँ । अमेरिकामा फाइजर–बायोएनटेकले कोरोना भाइरसविरुद्धको बनाएको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । अमेरिकी औषधिसम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले बालबालिकामा पनि खोपको स्वीकृति दिएसँगै अब त्यहाँ १२ वर्षमाथिका लाई खोप लगाउन लागिएको हो । यो खोप यसअघि १६ वर्षमाथिकालाई दिइदै आएको थियो । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ सय ६० जनामा गरेको परीक्षणको नतिजापछि सुरक्षित देखिएपछि खोपलाई स्वीकृति दिइएको हो ।
एफडिएका कमिस्नर डा. ज्यानेट वूडककले सार्वजनिक जीवनलाई सामान्य तर्फ लैजान बालबालिकालाई पनि खोपलाई स्वीकृति प्रदान गरिएको बताएकी छन् । अमेरिकामा अहिलेसम्म खोपको २६ करोड १५ लाख ९९ हजार भन्दा बढी मात्रा खोप लगाइएको छ । पूर्ण खोप लगाउनेको संख्या ११ करोड ५३ लाख ३० हजारभन्दा बढी छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु