इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत

२०७८ जेष्ठ २० गते, बिहीबार


काठमाडौ । इजरायलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुलाई हटाएर मिलिजुली सरकार बनाउन विपक्षी दलहरु सहमत भएका छन । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको छ । यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शाशन तत्कालका लागि अन्त्य हुने देखिएको छ । निर्वाचनमा कसैले पनि बहुमत ल्याउन नसकेपछि र गठबन्धन सरकार बनाउन पनि नसकेपछि इजराईलमा पछिल्लो दुई वर्षमा चार पटक आम निर्वाचन भएको थियो ।
अहिले भने विपक्षी घटकहरुविच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । जस अनुसार दक्षिणपन्थी यामिना पार्टीको नेता नफ्तालि बेनेट अब प्रधानमन्त्री बन्नेछन् । उनी सन् २०२३ को अगष्ट २७ सम्म प्रधानमन्त्रीको कुर्सीमा रहनेछन् । त्यसपछि यश अतिद पार्टीका नेता यायर लेपिड प्रधानमन्त्री बन्नेछन् । नयाँ सहमतिबारे विपक्षी गठबन्धनले राष्ट्रपति रुभेन रिब्लीनलाई जानकारी गराएका छन् । अब संसदबाट विश्वाशको मत प्राप्त गरेपछि बेनेटले प्रधानमन्त्री नेतेन्याहुलाई विस्थापन गर्नेछन् ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु