अफगान सेना र तालिबानबीच भिडन्त !

काठमाडौं । अफगानिस्तानको सेना र तालिबानहरुबीच दोहोरो भिडन्त भएको छ। अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा भएको सो भिडन्तमा परी २३ जनाको ज्यान गएको बताइएको छ भने अरु कैयौँ व्यक्ति हराएका छन् । उक्त भिडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भिडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् । सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा यहाँको संयुक्त सुरक्षा फौजले हमला गरेको थियो ।
त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए । ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।