तालिवान लडाकु अफगानिस्तानको राजधानी काबुल प्रवेश

२०७८ श्रावण ३१ गते, आईतवार


काठमाडौ । अफगानिस्तानको सरकारविरुद्ध युद्धरत तालिवान हतियारसहित अफगानिस्तानको राजधानी काबुल छिरेको छ । आज दिउँसो राजधानीकाे चारैतिरबाट तालिवान लडाकुहरू काबुल छिरेको अलजजिराले जनाएको छ । यसअघि तालिवानले आइतबार अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने मुख्य सहर जललावाद विनाकुनै आक्रमण कब्जामा लिएको छ । यससँगै मुख्य सहरहरूमध्ये तालिवानले कब्जा गर्न अब राजधानी काबुल मात्र बाँकी छ।
अमेरिकाले हेलिकोप्टरबाट काबुलमा रहेका आफ्ना नागरिकको उद्धार गरेसँगै तालिबानका लडाकु सहरमा प्रवेश गरेका हुन् । समाचारमा उल्लेख गरिए अनुसार अहिले सहरको चारैतिरबाट तालिबानका लडाकु प्रवेश गरेको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् । तर, यस विषयमा विस्तृत जानकारी भने दिइएको छैन ।
अफगानिस्तानको प्रेसिडेन्टल प्यालेसको ट्वीटर एकाउन्टबाट काबुलको धेरै स्थानमा गोली चलेको सुनिएको पोस्ट गरिएको छ । यद्यपि अफगानिस्तानका सुरक्षाकर्मीले सकारलाई नियन्त्रणमा राखेको उक्त पोस्टमा उल्लेख गरिएको छ ।
तालिबानले अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेसँगै अमेरिकाले थप सैनिक पठाउँदै आफ्ना नागरिकलाई सहयोग गर्ने बताएको छ । त्यस्तै नेटोका अधिकारीले युरोपेली संघा (ईयू)का धेरै कर्मचारीलाई राजधानीको सुरक्षित स्थानमा सारिएको बताएका छन् । तालिबानका एक अधिकारीले आफूहरुले कुनै युद्ध नचाहेको बताएका छन् तर संगठनको तर्फबाट युद्धविरामको घोषणा भने भएको छैन । यसअघि तालिबानले आइतबार बिहान जलालबादलाई आफ्नो नियन्त्रणमा लिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]