काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली हानाहान

२०७८ भाद्र ७ गते, सोमबार


काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान भएको छ । सो गोली हानाहानमा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको छ । अरु तीनजना घाइते भएका छन् । पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको दक्षिण तर्फको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको हो । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका थिए । गएको हप्ता तालिबानले काबुलमा नियन्त्रण कायम गरेसँगै विमानस्थल क्षेत्र अस्तव्यस्त देखिदै आएको छ । आइतबार केही व्यवस्थित देखिएको विमानस्थल आसपासको क्षेत्रमा सोमबार गोली हानाहान भएको हो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]