तालिवानद्वारा राष्ट्रपतिलगायत सबैलाई देश फर्कन अपिल

२०७८ भाद्र ८ गते, मंगलवार

काठमाडौं । तालिबानका बरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले देश छोडेर युएईमा शरण लिएका अफगानिस्तानका पूर्वराष्ट्रपतिलाई देश फर्कन आग्रह गरेका छन । सत्ता हातमा लिएको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई देश फर्कन आग्रह गरेको हो । हक्कानीले राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै देश फर्कन आग्रह गरेका हुन् ।
हक्कानीले आफूहरु बिरुद्धको लडाँईमा अफगान सेनाको नेतृत्व लिएका जर्नेलसहित सवै सैनिकलाई पनि माफी दिइएको घोषणा गर्नुभएको थियो । आफूहरु बिरुद्ध लडाँई लड्ने जो कोहीलाई बदला लिने जनाएको तालीवानले पछिल्लो समय निर्णय फेर्दै माफी दिने घोषणा गरेको सो समूहले जानकारी दिएको छ । तालिबान नेताले घानीलगायत उच्च पदस्थ ब्यक्तिहरु स्वदेश फर्केमा भब्य स्वागत गर्ने बताएको छ । उता अफगान राष्ट्रपति घानीका भाई ऐहशमत गनीले तालिबानलाई साथ दिने बताएका छन् । तालिबान नेता मुफ्ती महमुद जाकिरको उपस्थितीमा उनले तालिबानलाई साथ दिने वचन दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]