मस्जिदमा आक्रमण : १८ जनाकाे मृत्यु, दर्जनौं घाइते

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियाको एक मस्जिदमा बन्दुकधारी समुहले आक्रमण गर्दा १८ जना मारिएका छन् । उत्तरी क्षेत्रमा रहेको माजकुका गाउँको मस्जिदमा नमाज पढिरहेका बीच गोली प्रहार हुँदा दर्जनौ घाइते भएका छन् । हमला फुलानी खानाबदोश चरवाह जातीय समुहले गरेको अनुमान गरिएको छ । नाइजेरियाामा पछिल्लो समय जातिय हिंसा भड्किंदा सयौंको ज्यान गईसकेको छ ।
पानी र जमीनका लागि जातीय हिंसा हुन थालेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटना लगत्तै फरार भएका आक्रमणकारीहरुको खोजी कार्य जारी छ । – एजेन्सी