जी–२० का नेताहरू ग्लोबल वार्मिङलाई सीमित राख्न सहमत

२०७८ कार्तिक १५ गते, सोमबार


काठमाडौं । विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जि–२० समूहका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिवद्धता मात्रै जाहेर गरेका छन् । कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरुले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न सकेनन् । विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जि–२० समूहले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छ । समूहका नेताहरू ‘अर्थपूर्ण र प्रभावकारी कार्यहरू’ गर्दै ग्लोबल वार्मिङलाई सीमित गर्ने प्रयासहरू जारी राख्न सहमत भएका छन् ।
इटालीको रोममा भएको जी–२० सम्मेलनले केही ठोस प्रतिवद्धता जाहेर गरेपनि अभियान्ताहरुलाई सन्तुष्ट बनाउन भने सकेन । जी–२० को प्रतिवद्धता पर्याप्त नभएको उनीहरूको गुनासो छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]