अष्ट्रेलिया र जापानद्वारा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध !

काठमाडौँ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको जोखिम बढेको भन्दै अष्ट्रेलिया र जापानले विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाएका छन् । सो निर्णयबाट विभिन्न देशका विद्यार्थी प्रभावित हुने भएका छन् । अस्ट्रेलियाले आज १ डिसेम्बरदेखि लागू हुने गरी विदेशी विद्यार्थीमा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध दुई सातासम्म लागू हुनेछ । जापान सरकारले सोमबारदेखि लागू हुने गरी सबै अन्तराष्ट्रिय विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको जनाएको छ । कोभिडको नयाँ भेरियन्ट देखिएपछि यी दुबै देशले अफ्रिकी मुलुकसँगको हवाई यात्रामा रोक लगाएका थिए ।