३५ देशमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट !

२०७८ मंसिर १८ गते, शनिबार

काठमाडौ । भारत, श्रीलङ्काका सहित ३५ देशमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएको छ । नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती व्यक्ति हाल क्वरेण्टीन रहेका छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिइसकेको छ । यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ । यो अरु भेरिएन्ट अरु भन्दा निक्कै खतरनाक रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले पुष्टी गरेको छ ।
यात्रा प्रतिवन्ध मात्र यो भाइरस नियन्त्रणका लागि काफी नभएको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्न विश्व समुदायबीच आग्रह गरेको छ । यी देशमा नेपाली र त्यो देशका नागरिकको ओहोर दोहोर चलिनै रहेको छ । केही देशमा त नेपालको उडान नै नियमित छ । यस्तो अवस्थामा नेपालमापनि यो भाइरस आइसक्यो की भन्ने भय बढेको छ । यसैले स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन भनेको छ । यद्यपी पुष्टी भने भइसकेको छैन ।

यसैबीच , विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ुलएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ ।
डब्लुएचओका शीर्ष वैज्ञानिक सौम्या स्वामीनाथले ओमिकर्न विश्वका ४० देशमा पुगिसकेकाले अनावश्यक हल्लाको पछि लाग्नुभन्दै स्वास्थका मापदण्ड पालना गर्नु उत्तम हुने बताउनुभयो । उहाँले कोरोनाको नयाँ स्वरुपमा देखा परेको ओमिक्रोनविरुद्ध खोप लगाउन पनि आग्रह गर्नुभएको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन अघिल्लो वर्षको कोरोनाकै परिवर्तित स्वरुप भएकाले स्वास्थ्य सावधानी अपनाउनु महत्वपूर्ण हुने डब्लुएचओको सुझाव छ । ओमिक्रोन फेला परेसँगै विश्वका विभिन्न देशले हवाइ तथा स्थल यातायातमा प्रतिवन्ध लगाउनुका साथै सार्वजनिक स्थलमा जथाभावी नजान पनि आग्रह गरेका छन् ।
त्यसैगरी अन्तर्राष्ट्रिय यात्रुहरुलाई यात्रा गर्नु भन्दा एक दिनअघि कोरोना परीक्षण गर्न पनि विभिन्न देशले आग्रह गरेका छन् । भारतमा पनि दुई जनामा ओमिक्रोन संक्रमित फेला परेको समाचारमा जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]