ईयूद्वारा ४० हजार अफगान शरणार्थीलाई आश्रय दिने निर्णय

२०७८ मंसिर २४ गते, शुक्रबार


काठमाडौं । युरोपेली संघ (ईयू) का १५ राष्ट्रले अफगानिस्तानबाट गएका ४० हजार मानिसलाई आश्रय दिन सहमत भएका छन । ईयूका मुलुकका गृहमन्त्रीहरूको बैठकपछि ४० हजार अफगानीलाई आश्रय दिने सहमति भएको ईयू कमिस्नर यल्वा जोहानसनले जानकारी दिनुभएको हो । जर्मनीले सबैभन्दा बढी २५ हजार शरणार्थीलाई आश्रय दिनेछ भने नेदरल्याण्डले ३१ सय बढीलाई आश्रय दिनेछ । यस्तै फ्रान्स र स्पेनले समान २५/२५ सय अफगानिस्तानका शरणार्थीलाई आश्रय दिनेछन् ।
अन्य मुलुकले यो भन्दा कम संख्याका शरणार्थीलाई आश्रय दिने बैठले निर्णय गरेको छ । यसले अनियमित रुपमा अफगानिहरु युरोप छिर्नबाट रोक्ने विश्वास पनि इयुको छ । अहिले पनि करिब ८५ हजार अफगानिहरु आश्रयको खोजीमा रहेका छन ।

प्रतिक्रियाहरु

[anycomment]