‘ राई ‘ आँधीका कारण ७५ जनाको मृत्यु !

२०७८ पुष ४ गते, आईतवार


काठमाडौं । फिलिपिन्समा आएको विध्वंसकारी आँधीमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आँधीमा धेरै जना हराइरहेकोले मृतकको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरुमा ठूलो क्षति पु¥याएको बीबीसीले जनाएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले रुखहरु भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पु-याएको छ ।
विद्युत आपुर्ती बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् । घटनास्थलमा खोज तथा उद्दारका लागि १८ हजार सुरक्षाकर्मी र आपतकालिन कर्मचारीहरु परिचालन गरिएको त्यहाको सकारले जनाएको छ । सियारगाओ र सुरिगाओ क्षेत्रमा सञ्चार बन्द हुँदा उद्वारमा कठीनाइ भएको बताइएको छ ।
टाइफुन राई अहिले पश्चिमी क्षेत्र हुँदै चीनतर्फ अझ तीब्र गतिले अघि बढ्दै गएकाले सचेत रहन अधिकारीहरुले आग्रह गरेका छन् । यो यस वर्षको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार फिलिपिन्समा हरेक वर्ष औषतमा २० वटा आँधी आउने गर्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]