तालिबान सरकारद्वारा महिलाको फोटो प्रयोगमाथि प्रतिबन्ध

काठमाडौं । तालिबान सरकारले अफगानिस्तानमा महिलाको फोटोको प्रयोगमा प्रतिबन्ध लगाएको छ । काबुलका पसल तथा व्यापारिक केन्द्रका साइनबोर्डहरूमा महिलाहरूको सबै फोटो हटाउन सरकारले नगरपालिकाका अधिकारीहरूलाई आदेश दिएको स्थानिय संचारमाध्यमले जनाएको छ । सरकारको निर्णयको अनुसार इस्लामी नियमको विरुद्धमा रहेका फोटोहरू विज्ञापन पाटीबाट हटाइने बताईएको छ । अन्तर्राष्ट्रिय संगठनहरूले तालिबानलाई महिलाहरूको अधिकारको उपेक्षा नगर्न र समाजबाट महिलालाई सीमान्त नबनाउन बारम्बार आह्वान गर्दै आएका छन् भने तालिबानले पनि आफ्नो पहिलेको शासनकालमा जस्तो कडा प्रस्तुत नहुने र आफ्ना शुभचिन्तक तथा विपक्षी सबैलाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता प्रकट गर्दै आएको छ ।
यता, अधिकारकर्मीहरूले भने तालिबान सरकारको भनाइ र कार्यशैलीमा भने भिन्नता रहने गरेको बताउँदै ताालिबान समूहले आफ्नै प्रतिवद्धतालाई उल्लंघन गर्ने गरेको आरोप लागेका छन् । यो निर्णयले अन्तर्राष्ट्रिय समुदायमा उसको छविलाई थप चिढ्याउन सक्ने कदमका रूपमा अधिकारकर्मीहरूले व्याख्या गरेका छन् । महिला अधिकारकर्मीहरुले सरकारको यो निर्णयले महिलाहरूको व्यवसायमाथि नै प्रतिबन्ध र नियन्त्रण गर्ने, महिलालाई सामाजिक उत्तरदायित्वबाट पछि पार्ने कामबाहेक केही बताउँदै निर्णयको विरोध गरेका छन् । – एजेन्सी