जापानमा ६.३ म्याग्निच्युडको भूकम्प

२०७८ पुष २० गते, मंगलवार


काठमाडौं । जापान मौसम विज्ञान निकाय (जेएमए)ले जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२.५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो । जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ । अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन ।

प्रतिक्रियाहरु

[anycomment]