प्रदर्शनकारीमाथि गोली हान्न राष्ट्रपति जोमार्टको निर्देशन

२०७८ पुष २४ गते, शनिबार


काठमाडौं । काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो । पछिल्ला केही दिनयता सरकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन र नाराबाजी गर्दै आएका छन् । सो प्रदर्शनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले औंल्याएका छन् ।
सर्वसाधारणले विभिन्न शहरका सरकारी तथा निजी संरचना र भौतिक सम्पतिको तोडफोड र आगजनी गनै थालेसँगै सुरक्षाकर्मीले बल प्रयोग गरेको हो । यता, अमेरिका र रसियाले युक्रनसँगको तनाव कम गर्न आगामी हप्ता वार्ताको तयारी भइरहेका बेला मस्कोले काजकिस्तानमा सैन्य हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । रुसी सेनाको संलग्नता भएसँगै काजकिस्तानमा जारी रहेको हिंसा झन् बढ्न थालेको छ । हालसम्म सो हिंसामा दर्जनौ प्रदर्शनकारी र सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]