रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोज्यो !

२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । बेलायतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफु अनुकुलको सरकार बनाउन खोजेको आरोप लगाएको छ । रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित उम्मेदवार समेत तय गरिसकेको बेलायतले दावी गरेको हो । बेलायतका विदेशमन्त्री लिज ट्रसले अस्वभाविक टिप्पणी गर्दै युक्रेनका पूर्व सांसद यभन मुराएभ रुसको सम्भावित उम्मेदवार भएको आरोपसमेत लगाउनु भयो । मुराएभलाई युक्रेनको सत्तामा ल्याउन रुसले आवश्यक परे सैन्य शक्तिसमेत प्रयोग गर्ने बेलायतको अनुमान छ ।
रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो कुनै योजना नरहेको दोहो¥याउँदै अमेरिकी नेतृत्वको पश्चिमा जगतको आरोपलाई बेतुकको संज्ञा दिँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु