कोरोना महामारी यस वर्षको अन्त्यसम्ममा अन्त्य हुने !

२०७८ माघ १० गते, सोमबार

काठमाडौं । विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगलको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा प्रवेश गरेको र अब छिट्टै नै सो महामारी अन्त्य हुने विश्वास दावीगरेका छन । उनले अन्तर्राष्ट्रिय समाचार एजेन्सी एफपीसँग ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको दिशातर्फ लगेको बताउदै मार्च भित्रमा ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने बताए । सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त हुने उनको भनाइ छ । त्यस्तै खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्ने विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लुगले बताए । त्यस्तै अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु