एकैदिन १८ लाख ८९ हजारमा कोरोना संक्रमण, ५ हजार बढी मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ६७३ जनाको मृत्यु भएको छ भने विश्वभर कोरोना संक्रमणबाट ५ हजार ६७३ को मृत्यु भएको छ । त्यस्तै, विगत २४ घण्टामा विश्वभर १८ लाख ८९ हजार ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३५ करोड ४४ लाख ६४ हजार ९९० जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २८ करोड १५ लाख ८८ हजार ९९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५६ लाख २१ हजार ६६४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६५९ को ज्यान गएको छ । ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख १८ हजार ४४८ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ८ लाख २४ हजार २३४ जना संक्रमित निको भइसकेका छन् ।