होन्डुरसमा महिला राष्ट्रपति

काठमाडौं । मध्य अमेरिकी राष्ट होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाएकि शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बनेको छिन् । लिब्रे पार्टीकी ६२ बर्षिया कास्त्रोले गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिएकि हुन् । शपथ समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता जनाएकि छिन ।
कास्त्रोका श्रीमान म्यानुएल जिलाया सन् २००६ देखि २००९ सम्म देशको नेतृत्वमा थिए । उनलाई कु मार्फत सत्ताबाट हटाइएको थियो । कास्त्रोले गत नोभेम्बरमा भएको निर्वाचनमा विजयी हुन । त्यसअघि दुईपटक निर्वाचन लडे पनि उहाँ पराजित भएको थिइन् ।