रुसद्वारा युक्रेन वरपरका सेना फिर्ता

काठमाडौँ । रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ । ‘पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो,’ रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। यसैगरी यसले १० युद्ध विमानहरू मस्को-विलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ। – एजेन्सी