‘रुसी फौजले चारैतिरबाट हमला गरिरहेको छ’

२०७८ फाल्गुन १६ गते, सोमबार


काठमाडौँ । रुसी फौजले चारैतिरबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ । लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले आफ्नो सेनाका लागि आइतबार ‘कठिन समय’ भएको फेजबुक पेजमा लेखेका छन् । उनका अनुसार रुसी फौजले चारै दिशाबाट हमला जारी राखेको छ । रुसी सेनाले आक्रमण गरेपनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन् । बिहीवार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ । यद्यपि यसको पुष्टि हुन सकेको छैन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]