रुसी फौजद्वारा युक्रेनको दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण

२०७८ फाल्गुन १८ गते, बुधबार


काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्। त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन्। स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये धेरै सर्वसाधारण रहेको बीबीसीलाई बताएका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु