युक्रेनका स्वास्थ्य संस्थामाथि आक्रमण !

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले युक्रेनमा स्वास्थ्य संस्थाहरूमाथि ४३ वटा आक्रमण गरिएको आफूले पुष्टि गरेको जनाएको छ । ती आक्रमणमा परी ज्यान गुमाउने र घाइते हुनेमा स्वास्थ्यकर्मीहरू पनि रहेको उसले उल्लेख गरेको हो । स्वास्थ्य संस्थाहरूमाथि गरिएका हमलाहरूबाट अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन भएको डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले सुरक्षा परिषद्समक्ष भनेका छन् । अत्यावश्यकीय आपूर्तिहरू पुर्याउन राष्ट्रसङ्घीय टोलीहरू विफल भइरहेको पनि उनले जानकारी दिए । राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार रुसले युक्रेनमाथि आक्रमण शुरू गरेयता अहिलेसम्म १,९०० जना मारिएको पुष्टि भएको छ । मृतकमध्ये ५२ जना बालबालिका भएको अधिकारीहरूले बताएका छन् ।