युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा पश्चिमा राष्ट्रसँग थप सहयोग माग

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा राष्ट्रसँग थप सहयोग माग गरेका छन। उनले मारियुपोल शहर रुसी कब्जामा जानबाट रोक्न मुश्किल भएको बताउदै पश्चिमा राष्ट्रहरुसँग थप हातहतियार सहयोग मागेका हुन्। उनले तत्काल शक्तिशाली सहयोग प्राप्त नभए मारियुपोललाई जोगाउन नसकिने र युक्रेनका लागि युद्धक विमान, ठूला ट्यांक र मिसाइल आवश्यक रहेको भन्दै जेलेन्स्कीले एन्टी–सिप हतियार पनि चाहिएको बताएका छन ।
पश्चिमा देशहरुका हतियार गोदाममा धूलो लागेर बसेका छन् भन्दै उनले युक्रेनको रक्षाका लागि ती हतियार उपयोगी हुने बताए । युक्रेन मात्रै नभएर बाल्टिक क्षेत्र नै रुसी आक्रमणको निशानामा आएको भन्दै जेलेन्स्कीले युक्रेनपछि पोल्याण्ड, स्लोभाकिया र पूर्वी युरोप नै रुसी आक्रमणको निशानामा पर्ने चेतावनी पनि दिए ।
नेटोसँग रहेका ट्यांक र लडाकु विमानमध्ये युक्रेनलाई एक प्रतिशत मात्रै भए पुग्ने भन्दै उहाँले सहयोग माग्दा माग्दै ३१ दिन बितेको गुनासो पनि गरेका छन ।