समाचारवाचिकालाई घर उपहार !

२०७९ बैशाख ३ गते, शनिबार


काठमाडौँ। उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले एक टेलिभिजनमा ५० वर्षसम्म समाचार वाचन गरी सेवानिवृत्त भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन–हीलाई घर दिएको भिडिओ सार्वजनिक गरेका छन् । उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको दृश्य भाइरल भएको छ । उनले गत साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको दुई तले घर रीलाई उपहार स्वरुप दिएका हुन् । उत्तर कोरियाली सरकारी टेलिभिजनमा देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार वाचन गरेकी थिइन् ।
समाचार बाचनका क्रममा रीले जहिले पनि गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाउने गरेकी थिइन् । रीको समाचारबाचनले दक्षिण कोरियाली नागरिकसँगै सुरक्षा अधिकारीका कान पनि ठाडा हुने गरेको समाचारमा उल्लेख छ । उपहार प्राप्त गरेपछि प्रतिक्रिया दिंदै रीले विश्वका जो सुकै समाचारवाचकहरू समाचार संकलनका क्रममा फिल्डमा नगएसम्म समाचार वाचकको रूपमा परिचित नहुने बताईन । रीले समाचारवाचन र रिपोर्टिङ सँगसँगै गर्ने गरेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु