अफगानिस्तानलाई तीन करोड बीस लाख डलर सहयाता

२०७९ बैशाख ५ गते, सोमबार


काठमाडौँ । अफगानिस्ताले आइतबार तीन करोड २० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्राप्त गरेको बताएको छ ।
अफगानिस्तानका लागि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुले सहयोग उपलब्ध गराइरहेका छन् । सोही बमोजिम आइतबार उक्त सहायता प्राप्त गरेको बताइएको हो । अफगानिस्ताको केन्द्रीय बैंक, द अफगानिस्तान बैंकले आइतबार ट्वीट गरेर यस विषयमा जानकारी दिएको थियो ।
गत वर्षको अगष्टमा अफगानिस्तानको शासन व्यवस्था तालिबानले कब्जा गरेका थिए । यहाँको तालिबान सरकारलाई दाताहरुले औपचारिक रुपमा वैदेशिक सहायता उपलब्ध गराएका छैनन् । जसका कारण आर्थिक समस्यामा परेको अफगानिस्तानका लागि विभिन्न विदेशी समुदायले मानवीय सहायता स्वरुप आर्थिक सहयोग तथा लत्ता कपडा एवं खाद्यान्न उपलब्ध गराउँदै आएका छन् । आइतबार यहाँको सरकारले आर्थिक सहायता प्राप्त गरेको पनि सो बैंकले जानकारी दिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु