रुस-युक्रेनबीचकाे युद्धमा मारिएकाको सामुहिक अन्त्यष्टि

काठमाडौं । रुस-युक्रेनबीचकाे युद्धमा बुचा शहरमा रुसी आक्रमणमा मारिएकाहरुको सामुहिक रुपमा अन्त्यष्टि गरिएको छ । युक्रेनकाे बुचा शहरलाई केन्द्रितगरि रुसले गरेको आक्रमणमा मारिएका दर्जनौं सर्वसाधारणको अन्त्यष्टि गरिएको हो । सामुहिक अन्त्येष्टिका लागि चिहान खन्ने क्रममा समेत रकेट आक्रमण भइरहे पनि युक्रेनीहरुले अन्त्यष्टि गरेका थिए । दुई साता अघि बुचा शहरमा कोही हात बाँधिएको अवस्थामा त कोहीको आफ्नै सवारीभित्र शवहरु फेला परेका थिए । सो घटनालाई लिएर पश्चिममा राष्ट्रहरुले रुसमाथि युद्ध अपराधको आरोप समेत लगाउँदै आएका छन् । रुसले भने स्वतन्त्र छानबिनको माग गरेको छ ।