पाकिस्तानमा आत्मघाती बम विस्फोट: ४ जनाको मृत्यु

२०७९ बैशाख १४ गते, बुधबार


काठमाडौं । पाकिस्तानको कराँचीमा भएको आत्मघाती बम विस्फोटमा ३ चिनियाँसहित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानस्थित कन्फुसियस केन्द्रका निर्देशक र अन्य दुई जना चिनियाँ भाषाका शिक्षक रहेका छन् । उनीहरुलाई लिएर गईरहेको भ्यानका चालक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ । घटनामा ४ जना घाइते भएका छन् । आत्मघाती विस्फोट गराउने ब्यक्ति महिला रहेको खुलासा भएको छ ।
पाकिस्तानको पृथकतावादी बलुच लिवरेशन आर्मी बीएलएले घटनाको जिम्मेवारी लिएको छ । पाकिस्तानमा बढ्दो चिनियाँ लगानीप्रति विरोध हुन थालेका बेला चिनियाँहरुलाई लक्षित गरी यो विष्फोट भएको हो । सो समूहले पाकिस्तानमा हालसम्म गरेको आक्रमणमा महिला आत्मघाती प्रयोग गरेको भने पहिलो पटक हो । यसैबीच पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाप्रति खेद प्रकट गर्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । पाकिस्तान सरकारले पाकिस्तानी इतिहासको कायरतापूर्ण घटना भनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार