होटलमा विस्फोट : १८ जनाको मृत्यु, ६० बढी घाइते

काठमाडौं । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन । पुरानो हवानाको सारातोगा होटलमा शुक्रबार भीषण विस्फोट भएको हो । ग्यास चुहावटको कारण विस्फोट भएको जनाइएकाे छ । दुर्घटनाका कारण भवन पूरै भत्किएको र भग्नावशेष मात्र बाँकी रहेका छन । साे होटलको अधिकांश बाहिरी पर्खालमा क्षति पुगेको छ । भग्नावशेषमा फसेका मानिसहरूको उद्दार गरिएको छ । दुर्घटनामा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ । विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन।