तालिवान सरकारद्वारा महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा

२०७९ बैशाख २५ गते, आईतवार

काठमाडौं । अफगानिस्तानमा तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ । महिलाहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन् । साे उर्दीले महिलाले आफ्नो अनुहार र शरिर ढाक्ने निलो रङको परम्परागत अफगान बुर्का लगाउनुपर्ने छ । तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघ संस्थाहरूले भने विरोध जनाएका छन । सत्तामा आएपछि तालिवानहरूले अफगान महिलालाई लक्षितगरि धेरै प्रतिबन्ध लागू गरिसकेका छन । उनीहरूलाई सरकारी जागिर, माध्यमिक शिक्षा र शहर बाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार