डब्लूएचओद्धारा अर्को महामारीको चेतवानी !

२०७९ जेष्ठ ९ गते, सोमबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुखले नयाँ महामारीलाई लिएर चेतावनी जारी गरेका छन् । उनका अनुसार अहिले विश्वले कोरोना, मन्कीपक्स र युक्रेनमा जारी युद्ध लगायतका कठिन चुनौतीहरूको सामना गरिरहेको छ । जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरूसँगको छलफलका क्रममा प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिकाबाहिर विश्वका १५ देशमा फैलिएको मन्कीपक्सबारे छलफल गर्न भेला भएका थिए ।
हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मन्कीपक्सको पुष्टि भइसकेको छ । आइतबार वार्ताको शुरुवातमा डब्लूएचओ प्रमुखले भने, ‘पक्कै पनि विश्वमा कोरोना महामारी मात्रै संकट होइन । हामी रोग, खडेरी, भोक र युद्ध जस्ता गम्भीर संकटसँग जुधिरहेका छौं, जुन जलवायु परिवर्तन, असमानता र भूराजनीतिक प्रतिद्वन्द्वताले उत्तेजित छ ।’
बेलायतमा मन्कीपक्सको पहिलो बिरामी देखिएपछि युरोपका अन्य धेरै देशहरूमा पनि यो भाइरस भेटिएको छ । स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड्स, इटाली र स्वीडेनमा पनि मन्कीपक्सको पुष्टि भएको छ । आइतबार, अस्ट्रिया र स्विट्जरल्याण्डमा पनि मन्कीपक्सका बिरामीहरू भेटिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार