द्वन्द्वका कारण दश करोड मानिस विस्थापित !

२०७९ जेष्ठ १० गते, मंगलवार

काठमाडौं । संयुक्त राष्ट्रसंघले सोमबारसार्वजनिक गरेको विवरणअनुसार द्वन्द्वका कारण विश्वभरी कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् । विवरणमा जबरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ । विस्थापित भएकाहरूमाथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् । विस्थापित मध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन् । यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार