१८ वर्षीय युवकको गोली प्रहारवाट २१ जनाको मृत्यु !

काठमाडौं । अमेरिकाको टेक्ससस्थित एक प्राथमिक विद्यालयका १८ वर्षीय युवकले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १८ जना बालकालिका र ३ शिक्षकसहित २१ जनाको मृत्यु भएको छ । टेक्ससको रोब इलिमेन्टरी विद्यालय नजिकै गाडी पार्क गरेर विद्यालयमा प्रवेश गरेका साल्भाडोर रामोस नामका १८ वर्षीय युवकले ह्याण्डगन र राईफलबाट अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारी युवक पनि प्रहरी कारबाहीमा मारिएका छन् । घटनाप्रति दुस्ख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले सामान्य चेतना प्रयोग गरेर बन्दुकमाथि प्रतिबन्ध लगाउने विधेयक अघि बढाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ । कसैले आफ्नो बच्चा गुमाउनु भनेको उसको मुटु झिक्नु सरह हो भन्दै बाइडेनले आफू यस्ता घटना सुन्दा सुन्दा थकित र बिरामी भईसकेको बताउनुभयो । अमेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा २ सय बढीको मृत्यु हुने गरेको छ । जसमा अधिकांश गोलीकाण्ड विद्यालय र कलेजहरुमा हुने गरेका छन् ।