यूक्रेनका राष्ट्रपति र फिनल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ । यूक्रेन भ्रमणमा रहेका मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा विहीबार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा उहाँहरुले यूरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो ।
राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उनिहरुले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गरेका थिए । सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका थिए ।