डुङ्गा दुर्घटना : २६ जना बेपत्ता, १७ जनाको उद्दार

२०७९ जेष्ठ १५ गते, आईतवार


काठमाडौं । इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डुब्दा २६ जना बेपत्ता भएका छन् । ४३ जना सवार सो डुङगाबाट १७ जनाको उद्दार गरिएको छ । बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । बेपत्ताहरूको खोजीमा ४० जनाको उद्दार टोली खटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षा सतर्कता व्यवस्थापन कमजोर भएका कारण हजारौं समुन्द्री द्विप रहेको इण्डोनेशियामा डुङगा दुर्घटना हुने गरेको बताइएको छ ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

हमासले तीन इजरायली बन्धक रिहा गर्ने

२०८१ फाल्गुन ३ गते, शनिबार

ट्रम्प र पुटिनबीच भेटवार्ता हुँदै

२०८१ फाल्गुन १ गते, बिहीबार

युक्रेन कुनै दिन रुसी हुनसक्छ !

२०८१ माघ ३० गते, बुधबार