जेलेन्स्की खार्किभ शहरको भ्रमणमा : सेनाका जवानलाई धन्यबाद

२०७९ जेष्ठ १६ गते, सोमबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले द्वन्द्वग्रस्त खार्किभ क्षेत्रको भ्रमण गरेका छन । उनले भ्रमणकै क्रममा खार्किभको अग्र घेरामा रहेर रुससँग लडिरहेका सेनासँग भेटघाटसमेत गरेका छन । जेलेन्स्की गत फेब्रअरीमा रुसी आक्रमण सुरु भएयता राजधानी कीभ शहर बाहिर निस्किएको यो पहिलो पटक हो । बुलेटप्रुभ भेष्ट लगाई खार्किभको भग्नावशेषहरूको अवलोकन गरेका जेलेन्स्कीले देशको रक्षा गरेको भन्दै युक्रेनी सेनाका जवानहरूलाई धन्यबाद दिएका थिए ।
युक्रेनको दोश्रो ठुलो शहरको रुपमा परिचित खार्किभमा तोपखाना रहेका छन् भने सोही शहरलाई लक्षित गरी रुसी सेनाले गोलाबारी जारी राखेको छ । रुसले युक्रेनमा आक्रमण गर्दा सुरुका दिनमा यही शहरलाई निशाना बनाएतापनि पछि मारियुपोल शहर केन्द्रित भएको थियो । भ्रमण लगत्तै जेलेन्स्कीले खार्किभमा हालसम्म २२ सय २९ भवनह ध्वस्त भएको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु