अस्पतालमा गोली चल्यो : चारजनाको मृत्यु !

काठमाडौं । अमेरिकाको ओक्लाहोमा तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनी आफूलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा भने प्रष्ट भइसकेको छैन। ‘हामी सेन्ट फ्रान्सिस अस्पताल क्याम्पसमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ । आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानकारी गराएको छ ।
एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोलाबारी चलेको हो ।