रुसद्वारा युक्रेन आक्रमणलाई तीव्र बनाउने चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीको हतियार उपलब्ध गराएकाे खण्डमा युक्रेनमाथि आक्रमण तीव्र बनाउने चेतावनी दिएका छन । राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई लामो दूरीको हतियार सहयोग गरिरहेको आफूलाई प्रष्ट रुपमा जानकारी भएको समेत बताए । उनले हतियार आपूर्ति गर्न बन्द नगरे युक्रेन आक्रमणलाई थप विस्तार गर्ने चेतावनी दिए ।
युक्रेनको राजधानी किभमा हप्तौपछि पहिलो पटक शहर नै हल्लाउने गरी रुस मिसाइल प्रहार भएकै दिन राष्ट्रपति पुटिनको यस्तो चेतावनी आएको हो । रुसले स्थल र हवाई आक्रमण तीव्र पारेपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई निरन्तर रुपमा हतियार सहयोग गरिरहेका छन् ।