युक्रेन र रुस युद्ध : दैनिक २ सय सैनिककाे मृत्यु !

२०७९ जेष्ठ २७ गते, शुक्रबार

काठमाडौं । युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले युक्रेन र रुसबीच भएकाे युद्धमा अग्रपंतिमा रहेका सैनिककाे दैनिक करिब २ सय जनाकाे मृत्यु हुने गरेकाे बताएका छन । उनले दैनिक ५ सय जना सैनिक घाइते भइरहेको समेत बताए । युद्धमा युक्रेनतर्फ यति धेरै क्षति हुनुको मुख्य कारण रुसको तुलनामा युक्रेनको प्रतिरक्षा क्षमता कमजोर भएकाे पनि उनको तर्क छ ।
डोन्बासमाथि पूरै नियन्त्रण गर्ने प्रयासमा रहेको रुसी फौजले त्यहाँ निरन्तर बमबारी गरिरहेको जानकारी दिदै रुसी फौजले परमाणु अस्त्र प्रयोग गर्नु बाहेक अरू सबै प्रकारको हमला गरिरहेको बताए । साथै युक्रेनले पश्चिमी देशहरूलाई थप अस्त्र दिन ताकेता गरेको समेत युक्रेनका रक्षामन्त्री अलेक्सी रेज्निकोभले बताए ।

प्रतिक्रियाहरु

[anycomment]