२२ करोड २० लाख बालबालिकालाई शैक्षिक सहायता आवश्यक !

२०७९ असार १२ गते, आईतवार


काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वभर विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकालाई शैक्षिक सहायता आवश्यक रहेको जनाएको छ । यो संख्या सन् २०१६ मा ७ करोड ५० लाख थियो । ७ करोड ८२ लाख बालबालिका त दीर्घकालीन द्वन्द्व र आपत्कालीन कारण विद्यालय जानबाट वञ्चित रहेको राष्ट्रसंघको प्रतिवेदनले औंल्याएको हो । विद्यालय जानबाट वञ्चित बालबालिकामा लगभग ५४ प्रतिशत बालिका छन् । १७ प्रतिशत बालबालिका समस्याग्रस्त परिस्थितिका कारण र १६ प्रतिशतचाहिँ जबरजस्ती विस्थापित भएका कारण स्कुल जान पाएका छैनन् ।
सशस्त्र द्वन्द्व, जबरजस्ती विस्थापन, जलवायु परिवर्तनका कारण सिर्जित प्रकोप तथा दीर्घकालीन सङ्कटका कारण गुणस्तरीय शिक्षाबाट बालबालिका वञ्चित हुनु परेको उसको भनाइ छ । स्कुल जाने संकटग्रस्त क्षेत्रकाका करिब ११ करोड ९६ लाख बालबालिका सिकाइमा पनि गम्भीर समस्या रहेको प्रतिवेदनले औंल्याएको छ । पूर्वप्राथमिक, प्राथमिक वा माध्यमिक विद्यालयमा पढ्ने २ करोड ४२ लाख बालबालिका गणित वा पढाइमा सामान्य सिकाइ हासिल मात्रै गर्न सकेका छन् । यस्तो समस्या हुनेमा अधिकांश अफगानिस्तान, कङ्गो, इथियोपिया, माली, नाइजेरिया, सोमालिया, दक्षिण सुडान, सुडान, पाकिस्तान र यमनका बालबालिका रहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]