रुसलाई युद्धकाे मैदानमा पराजित गरेर देखाउन चुनौती !

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युद्ध भूमिमा पराजित गरेर देखाउन पश्चिमा देशहरु चुनौती दिएका छन । रुसी संसदमा बोल्दै राष्ट्रपति पुटिनले रुसले युक्रेनमा गरिरहेको सैन्य कारबाही नाम मात्रैको युद्ध हो भन्दै पश्चिमा देशहरुले भने सोही संघर्षमा रुसलाई टेष्ट गर्न खोजेको बताए । उनले युक्रेन युद्धले एक ध्रुवीय विश्वलाई बहुध्रुवीय बनाउने दावी गर्दै भने “हामी सुनिरहेका छौं उनीहरु हामीलाई युद्ध भूमिमा पराजित गर्न चाहन्छन् । कोशिस गरेर हेरुन् ।” पश्चिमा देशहरुले अन्तिम युक्रेनी जीवित रहेसम्म युक्रेन युद्धलाई सहयोग गर्ने कुरा पनि सुनिरहेको भन्दै उहाँले त्यो नै युक्रेनी जनताका लागि दूर्भाग्यपूर्ण हुने बताए । याे युद्धकाे मामिला पनि त्यहीं दिशातर्फ नै अघि बढिरहेको जस्तो देखिएको र पश्चिमा देशहरुले रुसी अर्थतन्त्र विरुद्ध पनि नक्कली युद्ध लडिरहेको भन्दै उनले रुस सबै तयारीका साथ अघि बढेको बताए । उनले संसदमा सम्बोधनका क्रममा वार्ताबाटै युक्रेन युद्धको अन्त्य गर्ने विकल्प खुला रहेको र आफूहरु शान्ति वार्ताका लागि तयार रहेकोसमेत बताए ।