श्रीलंकामा नयाँ सरकार गठनको तयारी

२०७९ असार २७ गते, सोमबार


काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल एलायन्सका नेता तथा सांसद एमए समनथिरानले नयाँ सरकार गठन प्रयास थालिएको बताएका हुन् । विपक्षी गठबन्धनले बहुमत पुर्‍याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उनको भनाइ छ । सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने दाबी उनको छ ।
राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले भने राष्ट्रपति गोताबाया राजपाक्षेको औपचारिक रुपमा राजीनामा माग गरेका छन् । शनिबार प्रदर्शनकारीहरूले सरकारी निवास कब्जामा लिएपछि राष्ट्रपति राजपाक्षे कहाँ गए अहिलेसम्म खुलेको छैन । शनिबारको प्रदर्शनपछि राजधानी कोलोम्बोमा सैनिक परिचालन गरिएको छ । सेना प्रमुख साभेन्द्र सिल्भाले शान्ति तथा सुव्यस्था कायम गर्न सघाउन सर्वसाधारणलाई अपिल गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]